बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार प्रदेश कोसी प्रदेश

बालिका अंशु गौतम हत्या प्रकरण, ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
बालिका अंशु गौतम हत्या प्रकरण, ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारी पक्राउ
विराटनगर, मंसिर २१ :

प्रहरीले विराटनगरकी अंशु गौतम हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिकाको हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ।

हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोली हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएको छ ।घाँस काट्न गएकाहरुले  कात्तिक ७ मा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरिर क्षतविक्षत अवस्थामा अंशुको शव फेला परेका थिए ।
प्रहरीका अनुसार अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाएर जंगल लगेका थिए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् ।त्यसपछि पदबहादुरले उनलाई साइकलमा राखेर जंगलभित्र लिएर गए ।  जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जवरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे ।

बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए । पदमबहादुर सामान्य अवस्थामा जस्तै घर फर्किए । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे,एक प्रहरी अधिकारी बताउँछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार