बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

गोवाको एक नाइटक्लबमा भएको विष्फोटमा परी २३ जनाको मृत्यु

सुरुमा प्रहरीहरूले भान्साघर नजिक सिलिन्डर विस्फोटका कारण आगलागी भएको आशंका गरेका थिए । निरीक्षणका क्रममा सबै सिलिन्डर सुरक्षित अवस्थामा भेटिएका छन्।
· आइतबार, २१ मंसिर, २०८२ मा प्रकाशित
गोवाको एक नाइटक्लबमा भएको विष्फोटमा परी २३ जनाको मृत्यु
काठमाडौं, मंसिर २१ :

भारतको तटीय क्षेत्र नर्थ गोवाको अर्पोरास्थित रोमेयो लेन नजिकै रहेको लोकप्रिय नाइटक्लब ‘बर्च’मा गएराति ठुलो विष्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

प्रारम्भिक जानकारीअनुसार करिब ५० जना घाइते भएका छन् घाईतेहरुको  गोवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अधिकारीहरूले जनाए अनुसार मृतकमध्ये ३–४ जना पर्यटक र १९ जना क्लबका कर्मचारी रहेका छन्।

घटना बिहान करिब १ बजे भएको हो। सुरुमा प्रहरीहरूले भान्साघर नजिक सिलिन्डर विस्फोटका कारण आगलागी भएको आशंका गरेका थिए ।  निरीक्षणका क्रममा सबै सिलिन्डर सुरक्षित अवस्थामा भेटिएका छन्।

अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि केही सेकेन्डमै सम्पूर्ण भवन आगोले ढाकिएको थियो जसका कारण भित्र रहेका मानिसहरूलाई भाग्न निकै कम समय मिल्यो।

घाइतेहरूको वास्तविक संख्या र अवस्थाबारे आधिकारिक विवरण आउन भने बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार