बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

· बुधबार, १७ मंसिर, २०८२ मा प्रकाशित
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं, मंसिर १७ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ५२ अङ्कले घटेर दुई हजार ६३१ दशमलव १७ को बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको एक करोड आठ लाख ७३ हजार ३७२ कित्ता शेयर ६७ हजार ४८५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव २४ र म्युचुअल फण्ड उपसमूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७५, विकास बैंक शून्य दशमलव ५७, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ५१, जीवन बिमा एक दशमलव १८, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३२ र अन्य समूह शून्य दशमलव ५१ प्रतिशतले घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु १८ करोड ४९ लाख ७६ हजार ७६९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको तीन लाख ६४ हजार ४०६ कित्ता किनबेच भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार