काठमाण्डौं,साउन १७: इरानले इजरायललाई कठोर दण्ड दिने धम्की दिएको छ । बुधवार हमासका नेता इस्माइल हनियाहको हत्यामा इजरायल जिम्मेवार रहेको भन्दै इरानले सो धम्की दिएको हो ।
इजरायलले भने तेहरानमा हनियाहको हत्याको बिषयमा कुनै टिप्पणी गरेको छैन।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गर्ने गरेको बताएका छन् । यो हमला हुनुभन्दा केही घण्टा अघि लेबनानमा एक वरिष्ठ हेजबुल्लाह कमाण्डरको हत्या गरिएको थियो ।
उनले कुनै पनि परिस्थितिको लागि तयार रहेको बताउदै कुनै पनि खतरा विरुद्ध एकजुट र दृढ हुने बताएका छन्।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस क्षेत्रमा शत्रुताको खतरनाक वृद्धि भईरहेको बताएका छन् । स्थितिबारे छलफल गर्न आज संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाईएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै