शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने #मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने
राजनीति

राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ मंसिर, २०८२ मा प्रकाशित
राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं, मंसिर १४ :

नेपाली कांग्रेसले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस चितवनकी पूर्वसदस्यसमेत रहेकी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरे। श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अङ्ग्रज व्यक्तित्वलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच, श्रेष्ठको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरे । उनले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरे।

कार्यवाहक सभापति खड्काले स्वर्गीय श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार