बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार शिक्षा

शिक्षक शिक्षालाई बहुविधाबाट हेरिनुपर्नेमा जोड

· बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
शिक्षक शिक्षालाई बहुविधाबाट हेरिनुपर्नेमा जोड
काठमाडौं, मंसिर ११ :

शिक्षक शिक्षालाई बहुविधाबाट हेरिनुपर्नेमा जोड दिईएको छ ।

शिक्षक शिक्षालाई २१औँ शताब्दी अनुकुल कसरी बनाउन सकिन्छ भन्ने विषयमा काठमाण्डौंमा आयोजित दुईदिने अन्तराष्ट्रिय सेमिनारमा सो कुरालाई जोड दिइएको हो ।

आलोचनात्मक सोच, सहकार्य, सञ्चार र सिर्जनशीलता जस्ता २१ औं शताब्दीका सीपहरुसंग शिक्षालाई जोड्नुपर्ने सम्मेलनमा सहभागीहरुको भनाई छ । साथै शिक्षक शिक्षा पाठ्यक्रमलाई नै परिमार्जन गरिनुपर्नेमा पनि जोड दिइयो । पाठ्यक्रमको अध्यावधिक गर्दै प्रविधिमैत्री बनाईनुपर्ने अहिलेको आवश्यकता रहेको सहभागीहरुले औल्याए  ।

विद्यालय शिक्षकहरुसंग पनि विषयबस्तु,शिक्षण पद्धति, शैक्षिक विधि ज्ञान, समुदाय र विद्यालय सहकार्य जस्ता कुरामा प्रतिस्पर्धा हुनुपर्ने कुराहरु सम्मेलनमा उठाइएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र शंकायले सम्मेलनको आयोजना गरेको हो । काउन्सिल फर एजुकेशनल एडमिनिस्ट्रेसन एण्ड म्यानेजमेन्ट भारत, इन्डियन एसोसिएसन अफ लाईफ स्कील्स एजुक्शन भारत  र काउन्सिल फर टिचर एजुकेशन फाउण्डेसन केरलाको सहकार्य रहेको थियो ।

सो अवसरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, शिक्षा शास्त्र संकायका डिन प्रा डा वेदराज आचार्य, डा बासु काफले लगायतका वक्त्ताहरुले शिक्षाको विकासका लागि यो अन्तराष्ट्रिय सेमिनार महत्वपुर्ण सावित हुने बताउनुभयो । शिक्षामा अब अनलाइन र अफलाइन दुबै विधिको प्रयोग आवश्यक भएको उहाहरुले बताउनुभयो ।

सो अन्तराष्ट्रिय सेमिनारमा नेपाल र भारतका प्रोफेसरहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार