शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने #मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने
राजनीति

‘प्रधानमन्त्रीले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ’

स्वकीय सचिवको राजीनामा माग्नेलाई सचिवालयबाट हटाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
‘प्रधानमन्त्रीले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ’
काठमाडौं, मंसिर ११ :

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठको राजीनामा माग्दा सचिवालयबाट हट्नु परेको भन्दै तीनजनाले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

सचिवालयका युवा तथा सामाजिक विकास विज्ञ प्रदीप ज्ञवाली, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाल र स्वकीय शाखा अधिकृत आकृति घिमिरेले विज्ञप्ति जारी गर्दै प्रतिशोध साँधेर नियुक्ति खारेज गरिएको जनाएका छन् ।

 विज्ञप्तिमा उनीहरुले प्रधानमन्त्री कार्कीलाई प्रमुख स्वकीय सचिव श्रेष्ठले नै घेराबन्दीमा पारेर आफूहरुविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित नातेदारलाई नियुक्ति दिएको भन्दै आलोचना भएको थियो । उनीहरुले  पनि त्यसको विरोध गर्दै आएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको मर्मविपरित नातावाद र कृपावादलाई प्रश्रय दिने नियुक्तिमा हाम्रो समर्थन रहने कुरै भएन । हामीले यसको आलोचना र विरोध दुवै गर्यौँ ।’

उनीहरुले  प्रधानमन्त्रीले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ र देशलाई नयाँ निकासको बाटोतर्फ लैजानको लागि हिम्मतका साथ काम गर्नुपर्ने बताएका छन् ।

र यो पनि…

प्रधानमन्त्रीको सचिवालय ६ सदस्यीय, १४ जना हटाइए
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार