शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
राजनीति

विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुको माग : विधान बमोजिम तत्काल महाधिवेशन सुनिश्चित गरौं

पुष २८ भित्र सम्पन्न हुनैपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुको माग : विधान बमोजिम तत्काल महाधिवेशन सुनिश्चित गरौं
काठमाडौं, मंसिर ११ :

नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानअनुसार वैधानिक रुपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन् ।

कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्यौल र निर्णयहिनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको भन्दै उनीहरुले यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने जनाएका छन् । 

नियमित महाधिवेशनको मिति तोक्न समेत अनाकानी गर्ने, विशेष महाधिवशेनको मागलाई सम्बोधन नगरि अनावश्यक रुपमा केन्द्रीय समितिको बैठक लम्वाइराख्ने  प्रवृति पार्टीकै लागि समेत उचिन भएको कांग्रेस नेता देवराज चालिसेले बताए। उनले आफुहरुले चुनावअघिको शक्ति र अवस्था नभइ नयाँ नीति र नेतृत्व खोजेको स्पष्ट पारे । उनले अहिलेको नेतृत्व लिएर चुनावमा जान सकिँदैन भन्दै पार्टी नेता कार्यकर्ताको मनोबल उकास्ने गरी चुनावमा जाने नेतृत्व चाहिएको बताए ।

चालिसेले वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व निर्वाचित हुने अवस्थामा मात्रै विशेष महाधिवेशनको माग स्वतः निष्कृय हुने भन्दै त्यस बाहेकका अवस्था विशेष महाधिवशेनको अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखे ।

विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुष २८ भित्र विशेष महाविधेशन अनिवार्य रुपमा सम्पन्न हुनैपर्ने जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार