बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

हङकङको अपार्टमेन्टमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो,२७९ अझै बेपत्ता

· बिहीबार, ११ मंसिर, २०८२ मा प्रकाशित
हङकङको अपार्टमेन्टमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो,२७९ अझै बेपत्ता
काठमाडौं, मंसिर ११ :

हङकङको ताइ पोमा रहेको एक अमार्टमेन्टमा लागेको भीषण आगलागीमा परी हालसम्म कम्तीमा ४४ जनाको मृत्यु भइसकेको समाचार छ । अझै २७९ जना बेपत्ता रहेका छन्।

ज्वलनशील सामग्री तारजाल र प्लास्टिक प्रयोगका कारण आगो तीव्र रूपमा फैलिएको आशंका गरिएको भन्दै निर्माण कम्पनीका तीन जना कार्यकारी अधिकारीलाई मानव हत्या आरोपमा गिरफ्तार गरिएको छ।

वान फुक कोर्टमा लागेको आगो निभाउन ८ सय  भन्दा बढी दमकलकर्मी खटिएका छन् ।  यो आगलागी १८ घण्टाभन्दा बढी समयदेखि बलिरहेको बताइएको छ।

यो घटनालाई हङकङमा सबैभन्दा गम्भीर मानिने पाँचौँ स्तरको आगोको रूपमा वर्गीकृत गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राती गरिएको उद्धार क्रममा एक शिशु र एक वृद्ध महिलालाई जीवितै  उद्दार गरिएको समाचार छ ।

तस्वीर एफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार