
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको कार्यक्रम अहिले जारी छ । राष्ट्रिय सभागृहमा जारी भेलामा नेताहरुले आआफ्नो भनाइ राखिरहेका छन् । युवा पुस्तालाई नेतृत्व हस्तान्तर गरेर अभिभावकीय भूमिकामा बस्नु पर्ने सभापति शेरबहादुर देउवा पुन: सक्रिय हुन खोजेको भन्दै नेताहरुले आपत्ति जनाएका छन्।
महाधिवेशनको कुरा टुंग्याला भनेर बसेको केन्द्रीय कार्यसमिति बैठक लामो समय भइसक्दा पनि निष्कर्ष निकाल्न नसके पनि उनीहरुले गुनासो गरेका छन् । बैठकले महाधिवेशनको विषयमा ठोस निर्णय नगरेपछि निर्वाचनमा भाग लिने भनेर आयोगमा दल दर्ता गर्ने बाहेक कुनै उपलब्धि नभएको नेता गुरु घिमिरेले बताए । उनले विशेष महाधिवेशनको विषयमा कतै नक्कली हस्ताक्षर भए प्रमाणित गरेर देखाउँन चुनौती दिए ।
संस्थापन पक्ष बहानाबाजी गरेर महाधिवेशन लम्ब्याउने पक्षमा लागिरहेको बताएका छन् । पार्टीलाई युग सापेक्ष रुपमा अगाडि बढाउन चाहन्छौं उनले भने ।