मुगु, मंसिर ८ :

डुङ्गा खियाउँदै गरेका लोकबहादुर रोकायाले सुन्दर रारातालको बखान गर्दै यसका प्राकृतिक विशेषताबारे जानकारी दिएका छन्।  तालको लम्बाई, गहिराई र चौडाइबारे बताउँदै,उनी यहाँको रमाइलो अनुभव संगाल्न एक पटक भ्रमण गर्न सिफारिस गर्छन् ।

रोकायाका अनुसार, रारा ताल भ्रमणका लागि वर्षमा दुई प्रमुख सिजन उत्तम मानिन्छन्। पहिलो चैत-वैशाखको समय र दोस्रो दसैं–तिहारको अवसरमा ताल वरिपरिका दृश्य र मौसम निकै सुहाउँदो हुन्छ।

ताल वरिपरि रहेका दुईवटा बस्ती सरकारले २०३४ सालमा उठाएको स्मरण गर्दै कसरी ताल बन्न पुग्यो भन्ने किम्बदन्तीका बारेमा समेत रोकायाले सुनाए ।राराताल, नेपालको एक अनुपम प्राकृतिक र पर्यटन सम्पदा, शान्त वातावरण र रमणीय दृश्यले हरेक आगन्तुकको मन मोहिरहन्छ।