शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ मंसिर, २०८२ मा प्रकाशित
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने
ललितपुर, मंसिर ४ :

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।

बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका बिषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने घोषणा गरेको  नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो छ । एमालेले  मङ्सिर ६ गते काठमाडौंमा  प्रदर्शन गर्दैछ । आजको  बैठकमा यो विषयमा समेत  छलफल हुने बुझिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार