बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा १ को मृत्यु, ६ जना घाइते

· बुधबार, १७ साउन, २०८१ मा प्रकाशित
काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा १ को मृत्यु, ६ जना  घाइते

काठमाडौँ,  साउन १६ : काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 
यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।
घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ । 
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार