काठमाडौं, कात्तिक २६ :

निर्वाचनको समग्र तयारी, आयोग र सरकारको समन्वयका विषयमा आज प्रधानमन्त्री सुशीला कार्की र आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीबीच छलफल हुँदैछ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा  विदेशमा रहेका मतदातालाई कसरी मतदानको अधिकार दिलाउन सकिन्छ र त्यसका लागि कस्तो कानुनी र प्राविधिक सम्भावनाका विषयमा आयोगसँग परामर्श हुने सचिवालयले जनाएको छ । 

निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच यसअघि गत असोज ७ गते छलफल भएको थियो ।