शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

ओलीले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २१ कात्तिक, २०८२ मा प्रकाशित
ओलीले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र प्रतिगामीको संज्ञा
काठमाडौं, कात्तिक २१ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई असंवैधानिक र प्रतिगामी भनेका छन्।

शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले कार्कीले संविधान मिचेर प्रधानमन्त्री बनेको आरोप लगाए।

ओलीले भने, ‘संविधानले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न नदिने व्यवस्था छ। मानव अधिकार आयोगबाहेक कुनै पदमा रहन नपाउने भनिएको छ। तर पूर्वप्रधानन्यायाधीश आफैंले संविधान मिचेर प्रधानमन्त्री बन्नु सोझै प्रतिगामी काम हो।’

उनले प्रधानमन्त्री कार्कीलाई हाहुको भरमा बनेको सरकार भन्दै व्यंग्य समेत गरे। ‘डिस्कर्डबाट प्रधानमन्त्री बन्ने रे! सभ्य समाजमा यस्तो सम्भव हुन्छ?‘ उनले प्रश्न गरे ।

ओलीले यो सरकार लोकतन्त्र, संविधान र जनप्रतिनिधित्वविरुद्ध खडा भएको आरोप पनि लगाए । उनका अनुसार अहिलेको शासन प्रतिगमनको नयाँ रूप हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार