शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रकाण्ड भन्छन् - सत्ता परिवर्तन गर्ने जेनजीलाई किन प्रधानमन्त्री नबनाएको ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
प्रकाण्ड भन्छन् - सत्ता परिवर्तन गर्ने जेनजीलाई किन प्रधानमन्त्री नबनाएको ?
काठमाडौं, कात्तिक २० :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले जेनजीलाई नै प्रधानमन्त्री बनाउन माग गरेका छन् । काठमाडौंमा आज आयोजना गरिएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

जेनजी आन्दोलनकै कारण सरकार परिवर्तन भएको जनाउँदै उनले परिवर्तनका संवाहकलाई किन प्रधानमन्त्री नबनाएको ? भनि प्रश्न गरे । सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्नेमा उनको जोड छ । 

उनका अनुसार नेपाली जनताले जटिलता खेपिरहेको भन्दै साम्राज्यवादीहरुको हस्तक्षेप विगतको भन्दा झन् बढेको बताए । उनले वर्तमान सरकारका मन्त्रीहरुको समेत आलोचना गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार