बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीमा जेनजी प्रतिनिधिको जोड

चुनाव–चुनाव भनेर मात्रै हुँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीमा जेनजी प्रतिनिधिको जोड
काठमाडौं, कात्तिक १२ :

सरकार र राजनीतिक दलसँगको त्रिपक्षीय वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूले सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरूले चुनाव आवश्यक भए पनि केवल चुनावमा मात्रै केन्द्रित भएर हुँदैन भन्ने धारणा राखेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी प्रतिनिधिहरूले भनेका छन्, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्रै हुँदैन।’

जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको मुख्य एजेन्डा सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही रहेको उल्लेख गर्दै ती विषयमा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

‘हाम्रो आन्दोलनको मूल माग सुशासन हो, भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिपक्षीय वार्तामा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधि सहभागी भएका थिए। बैठकमा जेनजी पक्षले सरकारलाई भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र जिम्मेवार नेतृत्व सुनिश्चित गर्न आग्रह गरेको छ।

वार्तामा जेनजी अगुवा मिराज ढुंगाना,  रक्षा बम, पुरुषोत्तम यादव,मोनिका निरौला, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा,  विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन राना मगरले पालैसँग आफ्नो भनाइ राखेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार