बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

मनाङमा हिमपात रोकियो, मौसम खुल्दै गर्दा पर्यटक फर्किन थाले

बिहीबारदेखि पुनः हिमपातको सम्भावना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १२ कात्तिक, २०८२ मा प्रकाशित
मनाङमा हिमपात रोकियो, मौसम खुल्दै गर्दा पर्यटक फर्किन थाले
लमजुड, कात्तिक १२ :

मनाङमा निरन्तर हिमपात रोकिएसँगै मौसम सुधार हुन थालेको छ। हिमपातका कारण तिलिचो ताल र थोराङ्ला पासतर्फ गएका पर्यटक बुधबार बिहानदेखि फर्किन थालेका छन्। अहिले मौसम खुल्दै गएको छ। केही पर्यटक खाङ्सारमै होमस्टेमा बसेर बाटो खुल्ने पर्खाइमा छन्।

होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेका अनुसार  बुधबार बिहानदेखि धेरैजना चामेतर्फ फर्किएका छन्।

एक्याप मनाङका रेन्जर प्रकाश अधिकारीका अनुसार हिमपात रोकिएको छ तर विदेशी पर्यटकलाई थोराङ्ला र तिलिचोतर्फ जान रोक लगाइएको छ। उनका अनुसार बिहीबारदेखि पुनः हिमपातको सम्भावना देखिएको छ।

डीएसपी हरि पौडेलले खाङ्सारमा रहेका करिब चार सय पर्यटकलाई तल्लो क्षेत्र फर्काउने काम भइरहेको बताए। कुनै पर्यटक अस्वस्थ नभएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार खाङ्सारसम्मको सडक दिउँसोसम्म खुल्ने अपेक्षा गरिएको छ। उनले मनाङदेखि बेंसीसहरसम्म पर्यटकलाई झार्न जिप र मिनीबस पठाइएको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार