बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

हङकङ विमानस्थलमा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्दा दुईजनाको मृत्यु

· सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
हङकङ विमानस्थलमा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा पुग्दा दुईजनाको मृत्यु
काठमाडौं, कात्तिक ३ :

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा पुगेको छ ।  

विमानले रनवेमा  एउटा गस्ती सवारीलाई ठक्कर दिँदा दुईजना भुइँ कर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बोइङ ७४७-४८१ विमानको आधा भाग  अहिले पनि समुद्रमा   तैरिरहेको  अवस्थामा रहेको  तस्विरहरू सार्वजनिक भएका छन्।

विमानमा रहेका चारै जना चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका छन् ।  एमिरेट्सको फ्लाइट EK9788 दुबईबाट स्थानीय समय अनुसार बिहान ३:५० बजे हङकङ आइपुगेको थियो ।

एउटा रनवे बन्द गरिएको छ भने  विमानस्थलका अन्य बाँकी दुई रनवे भने सञ्चालनमा छन्।

१९९८ मा हालको हङकङ विमानस्थल सञ्चालनमा आएपछि यो दोस्रो घातक दुर्घटना भएको बताईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार