बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार विदेश

बेरुत आक्रमणमा परी १२ जनाको मृत्यु,६६ जना घाईते

लेबनानमाथि इजरायलको आक्रमण
· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
बेरुत आक्रमणमा परी १२ जनाको मृत्यु,६६ जना घाईते
असोज ५ :

लेबनानको बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानको राजधानीको एक भवनमा भएको आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेको लेबनानका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

इजरायलले हिजबुल्लाहका एक वरिष्ठ कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा मारिएको जनाएको छ ।लेबनानी समूहले यस आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

लेबनानमा वायरलेस सञ्चार उपकरणहरू एकैसाथ शृङ्खलाबद्ध रूपमा विस्फोट भएको र इजरायल र हिजबुल्लाहबीच महिनौंसम्म सीमापार गोलीबारी भएको केही दिनपछि यो आक्रमण भएको हो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार