शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
राजनीति

जेन-जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन् : राजेन्द्र पाण्डे

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
जेन-जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन् :  राजेन्द्र पाण्डे
काठमाडौं, असोज २९ :

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन् ।

सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने यस्तो बताएका हुन् । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेको बताए । अब निर्वाचित हुने सांसदहरुले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेनजीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताए ।

अहिलेका प्रधानमन्त्री संविधानसम्मत बन्नुभएको प्रधानमन्त्री नरहेको बताए । वर्तमान सरकारका मन्त्रीहरु फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतकि दलहरुसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाउनु भयो । अन्तरिम सरकारका मन्त्रीहरुले निर्वाचन नगराउने किसिमका मन्तव्यहरु दिँदै हिँडिरहेको बताए । 
उनले भने, ‘यसरी बोलाउने काम राजनीतिक दलकै नेताहरुको थियो । सभामुखज्युको भन्दा पनि । अहिले संविधानमाथि पनि समस्या परेको छ । जुन धारा टेकेर प्रधानमन्त्री बन्नुभएको छ, त्यो धाराअनुसारको प्रधानमन्त्री बन्ने ठाउँ छैन । संविधान बच्यो र अहिलेको परिस्थितिको आवश्यकतालाई ध्यानमा राखेर निर्णय भएपछि विरोध जनाएनौँ । अहिले संसद बँचाएको भए जेन जीहरुले सडकमा आन्दोलन गरेर राखेका मागहरु प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि २१ वर्षको उमेरमै पनि सांसद उठ्न पाउनुपर्ने लगायतका कुराहरु यही संसदबाटै संशोधन गरेर काम गर्न स्क्थ्यौँ । तर यो भएन । अब जेन जीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ । डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै हो । जनताको ताजा जनादेश नै हो । अहिले चुनावको वातावरण छैन । सरकारका मन्त्रीहरु नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरु गरिरहेका छन् ।’

उनले निर्वाचनको बारेमा राजनीतिक दलहरुलाई बोलाएर सिंहदरबार छलफल गर्नुपर्नेमा शितल निवासमा बोलाउनु नै गलत भएको बताए । ८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २ सय बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार