बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

जाडो याम अघि नै किएभलाई थप सहयोग गर्ने इयू प्रमुखको प्रतिवद्धता 

· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
जाडो याम अघि नै किएभलाई थप सहयोग गर्ने इयू प्रमुखको प्रतिवद्धता 
काठमाण्डौँ , असोज ५ :

युरोपेली सङ्घ (इयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले जाडो याम अघि नै किएभलाई थप सहयोग दिइने प्रतिवद्धता जनाउनुभएको छ । 

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा बमबारी अभियान जारी राखेका बेला युरोपेली सङ्घका प्रमुख भोन डेर लेयेनले सहयोगको वातावरण मिलाउन आफू किएभ आइपुगेको बताउनुभएको हो । 

उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत् रेल स्टेशनमा आफ्नो तस्वीरका साथ पोष्ट गर्नुभएको सन्देशमा रूसले ऊर्जा पूर्वाधारलाई लक्षित गरिरहेको र युद्धको सरगर्मी बढिरहेको समयमा आफू किएभमा आठौँ भ्रमणमा आएको उल्लेख गर्नुभएको छ ।

हामी युक्रेनको साहसिक प्रयासमा सहयोग गर्नेछौँ। म यहाँ जाडो यामको पूर्वतयारीदेखि रक्षा, जी- ७ ऋणमा प्रवेश र प्रगति सम्म युरोपको समर्थनबारे छलफल गर्न आएकी हुँ।

युक्रेनमाथि रूसको आक्रमण ३० महिनाभन्दा बढी समयदेखि जारी छ, युक्रेनले अहिले रूसको कुस्र्क क्षेत्रको केही भाग नियन्त्रण गरिरहेको छ भने मस्कोले पूर्वी युक्रेनमा आफ्नो पकड बलियो बनाएको छ ।

युक्रेनले आफ्ना सहयोगीहरूसँग सहयोग प्राप्त हतियारहरूको रूसी भूमिको गहिराइमा प्रयोग गर्न ‘वैधता’ दिन र सैन्य लक्ष्यहरूमा आक्रमण गर्न लबिङ गरिरहेको छ । तर ईयू राज्यहरू यस विषयमा विभाजित छन्। संयुक्त राज्य अमेरिका र बेलायतले यसलाई त्यसो गर्न अनुमति दिनेबारे छलफल गरिरहेका छन्। 

बिहीबार युरोपेली संसद्ले एक प्रस्ताव पारित गर्दै युरोपेली सङ्घ (ईयू) का देशहरूलाई रूस भित्र सैन्य लक्ष्यमा आक्रमण गर्न पश्चिमी हतियार प्रयोग गर्न अनुमति दिन आग्रह गरेको थियो।

वासिङ्टनले हाल युक्रेनलाई आफूले सहयोग गरेका हतियारलाई युक्रेनको कब्जामा रहेका केही भाग र मस्कोको लडाकु अभियानसँग प्रत्यक्ष सम्बन्धित केही रुसी सीमा क्षेत्रका रूसी लक्ष्यमा प्रहार गर्न मात्र अनुमति दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार