बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

हमासले जीवित सबै २० बन्धक रिहा गर्‍यो,नेपालका विपिन जोशी परेनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ असोज, २०८२ मा प्रकाशित
हमासले जीवित सबै २० बन्धक रिहा गर्‍यो,नेपालका विपिन जोशी परेनन्
काठमाडौं, असोज २७ :

हमासले जीवित सबै २० बन्धक रिहा गरेको छ ।सुरुमा जीवितमध्ये ७ बन्धक मुक्त गरेको हमासले दोस्रोपटक बाँकी १३ जनालाई पनि छाडेको हो। अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

आज रिहा भएका जीवित २० जनामा नेपालका विपिन जोशी परेनन्।अब हमासले मृत २८ बन्धकको शव इजरायललाई हस्तान्तरण गर्न बाँकी छ।  इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भागहरू ध्वस्त बनाइदिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार