काठमाडौं, असोज २४ :

नेकपा एमालेको सचिवालय बैठक अहिले जारी रहेको छ । गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा केन्द्रीय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ । नेकपा एमालेले संसद पुनःस्थापना हुनुपर्ने भन्दै माग राखेको छ । नेपाली कांग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । 

कांग्रेसले पनि संसद विघटन असंवैधानिक रहेको बताउँदै आएको छ । एमालेको केन्द्रीय कमिटीको बैठक सरेको छ । बैठक यही असोज २६ देखि २९ गतेसम्म तय छ ।