शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल #यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल
राजनीति

निर्वाचन आयोगले गरायो राष्ट्रपतिलाई निर्वाचन सम्बन्धी जानकारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले गरायो राष्ट्रपतिलाई निर्वाचन सम्बन्धी जानकारी
काठमाडौं, असोज २३ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आगामी फागुन २१ गने हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकरी गराएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको प्रतिनिधि मण्डलले आज राष्ट्रपति पौडेलसँग भेट गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने भावी कार्यक्रमको सम्बन्धमा जानकारी गराएका हुन् ।

त्यस अवसरमा राष्ट्रपतिलाई आयोगको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरिएको जानकारी गराइएको थियो । साथै मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतसाधन र जनशक्ति प्राप्त हुने तथा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको पनि उल्लेख गरिएको थियो । निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनीक विषयलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको आयोगको भनाइ थियो ।

निकट भविष्यमा राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय गरेको, संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सञ्चालन रहेको लगायतका विषय जानकारी गराइएको थियो ।

उक्त अवसरमा राष्ट्रपतिबाट आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन भएको  निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्ययोजना बमोजिम आगामी दिनमा सम्पन्न गर्नुपर्ने निर्वाचन आचारसंहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, सो उपर छानबिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदानलगायत निर्वाचन कार्यक्रम राजनीतिक दल र सरोकारवालाहरूसँगको परामर्शमा तयार गरिने जानकारी गराएको छ भने निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रम समयमा नै सम्पन्न हुने विश्वास दिलाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार