बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा,सन्दीप लामिछाने पनि समावेश

· शुक्रबार, १७ असोज, २०८२ मा प्रकाशित
टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा,सन्दीप लामिछाने पनि समावेश
काठमाडौं, असोज १७ :

नेपाल क्रिकेट सङ्घ क्यानले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स युएईमा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

त्यसैगरी  टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।  क्यानले उनलाई कारबाही स्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।

छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंहऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् ।

त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ । प्रतियोगितामा भाग लिन उक्त टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार