चितवन, असोज १७ :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तिहारसम्म स्थानीय तहहरूले शिक्षकहरूलाई तलब नदिए कडा कारबाही गरिने चेतावनी दिएका छन्।
उनले शिक्षकको तलब समयमै उपलब्ध गराउनु सरकारको प्राथमिक जिम्मेवारी भएको समेत बताएका छन् । अब ढिलाइ सह्य नहुने उहाको भनाई छ । शिक्षकहरूले सेवा दिन्छन्, तलब तिनको अधिकार हो। अब ढिलासुस्ती भए सहेर बस्दिनँ मन्त्री पुनले भने।
जनताको विश्वासलाई आफूले सबैभन्दा ठूलो प्रेरणा मानेको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा, विज्ञान, अनुसन्धान र प्रविधिको विकासमा आफू निरन्तर क्रियाशिल रहने प्रतिबद्धता समेत वयक्त गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै