गोरखा दरबारको दसैँघरबाट हनुमान ढोका दरबारका लागि फूलपाती सहितको डोली पठाईयो(तस्वीरसहित)
सोमबार, १३ असोज, २०८२ मा
प्रकाशित
गोरखा, असोज १३ :
गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ ।
बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७:३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु प्रसाद पाठकले जानकारी दिए ।
बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली बोेकेर ल्याई गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँ घरबाट बाजागाजासहितको र्याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिए ।