शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
राजनीति

प्रधानमन्त्री मुख्य सल्लाहकारमा अजयभद्र खनाल, कुलमानको भारत भ्रमण स्वीकृत

मुग्लिनदेखि आँबुखैरनीसम्म समानान्तर सडकको रेखाङ्कन स्वीकृत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
प्रधानमन्त्री मुख्य सल्लाहकारमा अजयभद्र खनाल, कुलमानको भारत भ्रमण स्वीकृत
काठमाडौं, असोज १२ :

अन्तरिम सरकारले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ बैठकमा भाग लिन उर्जा जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिएको छ ।

असोज १२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । 

उनकाअनुसार सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते भएका व्यक्तिहरुको पुनः उपचारका लागि अस्पतालहरु तोक्ने, ती अस्पतालहरुमा जेन-जी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पुनः उपचारका लागि जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरुको उपचारका लागि हट लाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकी निजको सम्पर्क नम्बर समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको बताए ।

प्राविधिक समितिले वर्गीकरण गरेपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको छ । मुग्लिङ—पोखरा सडक अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानन्तरको मुग्लिङ बजारको पारी पटी त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत गृहको पारीपटी गोरखातर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ ।

सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५—१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार