
फाइल तस्वीर ।
काठमाडौं, असोज ११ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा बस्ने छ।
जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो सचिवालय बैठक हो। बैठकमा आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि पार्टीको भूमिका, संगठन सुदृढीकरण, र आगामी कार्यक्रमहरूबारे निर्णय लिने छ।