बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार शिक्षा

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ असोज, २०८२ मा प्रकाशित
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण
काठमाडौं, असोज ११ :

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।  बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् । परीक्षामा  १ लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको पुरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म नन ग्रेडेड प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार