बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कोसी प्रदेश

अझै कायम छ बालीघरे प्रथा

· शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
अझै कायम छ बालीघरे प्रथा
भोजपुर, असोज १० :

ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ ।

ग्रामीण क्षेत्रमा सीप मूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ ।

यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ ।

कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ ।

देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिए । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उनको भनाइ छ ।

उनका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै वर्षअघिबाट चल्दै आएको बालीघरे प्रथा हट्न सकेको छैन । केही सुधार भए पनि अहिले पनि ४० प्रतिशत दलित समुदाय बालीघरेमा काम गर्दछन् ।

आफूजस्ता अभियन्ताहरूले हकअधिकारका लागि विभिन्न अभियान सञ्चालन गरे पनि त्यो पर्याप्त हुन नसकेको रणपहेलीले बताए । यो प्रथाको अन्त्यका लागि हामी लागिरहेका छौँ । विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । तर यस्तो प्रथा भने कायम नै छ । यसको मुख्य कारण गरिबी भएको उनले भने । बालीघरेमा काम गर्दा उचित ज्याला पाउन नसक्दा पछिल्लो समय युवापुस्तामा यो पेसाप्रति रुचि घट्दै गएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार