शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
राजनीति भिडियो

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता- जेनजी आन्दोलनमाथि दमन गर्नेलाई कानुनी कारबाही हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ असोज, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता- जेनजी आन्दोलनमाथि दमन गर्नेलाई कानुनी कारबाही हुन्छ
काठमाडौं, असोज ९ :

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताइन् । उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताइन्। प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

उनले भनिन्, ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । अहिले पनि थुप्रै व्यक्तिको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार