
नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएर आफूलाई जिम्मा दिन आग्रह गरेका छन्।
केन्द्रीय समिति बैठकमा लिखित विचार पेस गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विशेष महाधिवेशनसम्मका लागि बिदा लिएर दोस्रो बरियताको आफूलाई जिम्मेवारी दिन आग्रह गरेका हुन्। विशेष महाधिवेशनबारे छलफल गर्न आयोजित माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीका
प्रचण्डले केन्द्रीय समिति भंग गरेर आफ्नै संयोजकत्वमा विशेष महाधिवेशनमा जान गरेको प्रस्तावमाथि छलफल भइरहेको छ ।
आफ्नै संयोजकत्वमा विशेष महाधिवेशनमा जाने दाहालको प्रस्ताव कतिपय नेताहरूले अस्वीकार गरेका छन्। बैठकमा सबैले बोल्न पाउनुपर्ने माग राखेपछि महासचिव देव गुरुङले समूहगत छलफल हुने र समूह प्रमुखले नै सबैकुरा राख्ने भन्दै बैठक अघि बढाएका छन्।