
काठमाडौं, असोज ७ :
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मन्त्रालयमै सुत्ने व्यवस्था मिलाइएको छ। मन्त्रीको कार्यकक्ष नजिकै खाना पकाउने र सुत्ने कोठा तयार पारिएको छ ।
मन्त्री पुनले पदभार ग्रहणका क्रममा आफू जहाँ काम गर्ने, त्यहीँ बस्ने इच्छा व्यक्त गरेका थिए ।उनको इच्छा अनुरुप कार्यकक्ष नजिकै छुट्टै कोठा तयार पारिएको छ। कार्यकक्ष र सुत्ने कोठा भने एउटै तलामा राखिएको छ । मन्त्री पुनले खाना समेत आफैं पकाउने भनेपछि सहयोगीलाई फिर्ता पठाइएको छ।
स्पष्ट बोल्ने पुनले ६ महिनाभन्दा एक दिन पनि मन्त्रीमा नबस्ने बताएका छन् । किताव बेच्दै विभिन्न जिल्लामा पुगेका पुनलाई मन्त्री बन्न पटकपटक प्रस्ताव गरेपछि करबलले स्वीकारेर आएका हुन् ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालय जलेपछि अहिले सबै कामकाज केशर पुस्तकालयको भवनबाट भइरहेको छ ।