बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

रकम लेनदेनको विवादमा भाउजूमाथि एसिड प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
रकम लेनदेनको विवादमा भाउजूमाथि एसिड प्रहार
प्रतीकात्मकर तस्बिर ।
विराटनगर, असोज ७ :

विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्।  रकम लेनदेनको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गरेका हुन् ।

भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ।

श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए। रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक हजार अहिले दिन नसक्ने बताएपछि विवाद भएको थियो।  

रागिनीको न्यूरो अस्पताल उपचार भइराखेको छ। रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। विराटनगरले फरार रहेका पीडक श्रवण साहको खोजी भइरहेको जानकारी दिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार