
काठमाडौं, असोज ५ :
वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्दैछ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गर्दै टोलीले भिसा प्राप्त गरिसकेको जानकारी दिएको हो। क्यानका प्रवक्ता छुम्बी लामाले यूएईले भिसा दिएकाले टोली सोमबार दुबई जाने पुष्टि गरेका छन्।
पहिले तय भएको कार्यक्रमअनुसार नेपाली टोली शुक्रबार नै यूएई जानुपर्ने थियो। तर, जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले पर्यटक तथा कामदार भिसामा कडाइ गरेकाले टोलीको यात्रा ढिलाइ भएको थियो। भिसा ढिलो भएपछि शृंखला नै अनिश्चित बन्ने चिन्ता थियो।
अब भने सबै प्रक्रिया पूरा भइसकेकाले नेपाली टोली सेप्टेम्बर २७, २९ र ३० मा शारजाहमा हुने तीन खेलको ट्वान्टी–२० शृंखलाका लागि तयारीसहित दुबई जाँदैछ।