शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति अर्थतन्त्र

निर्माण व्यवसायीलाई मन्त्री कुलमानले भने- अन्यायपूर्ण रूपमा कसैलाई कारबाही गर्दैनौं,तर समयमै काम नगर्नेलाई छुट दिदैनौं

निर्माण क्षेत्रका समस्याबारे महासंघले बुझायो ज्ञापनपत्र
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
निर्माण व्यवसायीलाई मन्त्री कुलमानले  भने- अन्यायपूर्ण रूपमा कसैलाई कारबाही गर्दैनौं,तर समयमै काम नगर्नेलाई छुट दिदैनौं
काठमाडौं, असोज ५ :

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूलाई  जीर्ण र काम नगरेका आयोजना मात्रै तोडिने स्पष्ट पारेका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घसँगको भेटमा उनले पूर्वाग्रह होइन काम नगर्ने प्रवृत्तिविरुद्ध कारबाही हुन्छ भन्दै, अलपत्र परेका आयोजना अब सहन नसकिने बताए।

उनको भनाइमा कम मूल्य कबोल गरेर ठेक्का लिने, तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। बजेट डिजाइन सबै तयार हुँदा पनि निर्माण नहुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

मन्त्री घिसिङले आफू पनि इन्जिनियर भएकाले ठेक्का प्रक्रिया राम्ररी बुझ्ने उल्लेख गर्दै, अन्यायपूर्ण रूपमा कसैलाई कारबाही नगर्ने तर समयमै काम नगर्नेहरूलाई छुट नदिने बताए।

उनले विदेशमा राम्रो काम गरेका निर्माण व्यवसायीहरू नेपालमै असफल हुनु दुःखद भएको बताउँदै, समयमै गुणस्तरीय काम गरेर नेपालमा पनि आफूहरू सक्षम छौं भन्ने प्रमाणित गर्नुहोस् भन्ने आग्रह गरे।

भ्रष्टाचार नियन्त्रण अहिलेको सरकारको प्रमुख एजेन्डा रहेको स्मरण गराउँदै, निर्माण क्षेत्रमा सुधार ल्याउन व्यवसायीहरूलाई आह्वान पनि गरे।

भेटमा महासंघले निर्माण क्षेत्रका समस्याबारे ज्ञापनपत्र बुझाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार