काठमाण्डौँ , असोज ३ :
आईसीसी विश्वकप क्रिकेट लिग- टु को त्रिदेशीय शृङ्खला अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।
क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समय अनुसार आज राति पौने ९ बजे शुरु हुनेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।
विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग- टु मा ८ टोलीको सहभागिता छ ।
नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’