
फाइल तस्वीर ।
बनेपा, भदौ २६ :
जेनजी आन्दोलनको दौरान नख्खु कारागारबाट फरार भएका सञ्जय टक्ला बिहीबार मङ्गलटारबाट पक्राउ परेका छन्।
जनकपुरबाट काठमाडौं आउँदै गरेको निजी कारलाई इलाका प्रहरी कार्यालय मङ्गटारको टोलीले बीपी राजमार्गमा चेकजाँच गर्ने क्रममा दिउँसो करिब ४ बजे उनलाई पक्राउ गरेको हो।
जन्मकैद सजाय काटिरहेका टक्ला जनकपुर बम काण्डमा दोषी ठहर भएका थिए। उनलाई मिडिया व्यवसायी अरुण सिङ्घानियाको हत्या अभियोगमा समेत मुद्दा लागेको छ।
पक्राउ परेका टक्लालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।