शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
राजनीति

टिकटक बन्द गरेका प्रचण्ड फेसबुक बन्द हुँदा के भने?

नियन्त्रण होइन नियमन गरौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० भदौ, २०८२ मा प्रकाशित
टिकटक बन्द गरेका प्रचण्ड फेसबुक बन्द हुँदा के भने?
काठमाडौं, भदौ २० :

आफू प्रधानमन्त्री हुँदा टिकटक बन्द गराएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गरेकोप्रति विरोध जनाएका छन्।

उनले सरकारको कदमलाई अलोकतान्त्रिक, संविधानविपरीत र अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भनेका छन्। प्रचण्डले संसदमा विचाराधीन विधेयकलाई छलफलविनै कार्यकारी आदेशमार्फत लागु गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

उनले सामाजिक सञ्जाल बन्दले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र उनीहरूका परिवारबीचको सम्पर्कमा असर परेको जनाएका छन् । उनले सामाजिक सञ्जालको ‘नियन्त्रण’ होइन ‘नियमन’को पक्षमा आफूहरू अडिग रहेको स्पष्ट पारे। दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार