शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक #तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक
राजनीति

सर्वसाधारणको फेसबुक र ह्वाट्सएप बन्द हुँदा प्रधानमन्त्रीको पेजमा धमाधम अपडेट !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० भदौ, २०८२ मा प्रकाशित
सर्वसाधारणको फेसबुक र  ह्वाट्सएप बन्द हुँदा प्रधानमन्त्रीको पेजमा धमाधम अपडेट !
काठमाडौं, भदौ २० :

सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयको उल्लंघन प्रधानमन्त्रीकै सचिवालयबाट भइरहेको छ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनको प्रत्यक्ष अपडेट प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज र ह्वाट्सएप ग्रुपमार्फत भइरहेको छ ।

बिहीबार सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिरहेका छन्। वल्डलिंकले बिहीबार रातिदेखि नै फेसबुक बन्द गरिसकेको छ।

आम प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नपाइरहँदा सरकार आफैंले सामाजिक सञ्जाल प्रयोग गरिरहेकामा चौतर्फी आलोचना भइरहेको छ। नीति निर्माताहरूले आफ्नै निर्णय पालना नगरेको भन्दै सामाजिक सञ्जालमै विरोध बढेको हो।

प्रधानमन्त्रीको पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट, बालकोट’ मा गरिएको पछिल्लो पोस्टमा प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन्, ‘जब आम नागरिकलाई बन्द गरिएको छ भने प्रधानमन्त्रीको पेजमा कसरी अपडेट भइरहेछ?’

यस घटनाले सरकारको निर्णयप्रति विश्वसनीयता संकट सिर्जना गरेको विश्लेषणकर्ता बताउँछन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार