शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
समाचार

गोंगबुबाट ४ करोडभन्दा बढी नगद र सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजस्व विभागमा पठाइयो

‘डीएसपीहरू नै पनि सुन राखेर पैसा लिन आउँथे’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ भदौ, २०८२ मा प्रकाशित
गोंगबुबाट ४ करोडभन्दा बढी नगद र सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजस्व विभागमा पठाइयो
काठमाडौं, भदौ १८ :

गोंगबुबाट ४ करोडभन्दा बढी नगद र झन्डै १० किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई प्रहरीले आन्तरिक राजस्व विभाग, हरिहर भवनमा बुझाएको छ।

गोरखा नगरपालिका–६ का ७६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको थियो।

श्रेष्ठको गोंगबुस्थित घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९ किलो ५४१.९२ ग्राम सुन, र ३ किलो २१८.९२ ग्राम चाँदी बरामद गरेको छ।

श्रेष्ठका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित डेरामा पनि प्रहरीले छापा मारी ९० हजार ५ सय रुपैयाँ नगद र विभिन्न सुनका गहना बरामद गरेको छ।

बरामद सामानसहित विनोद श्रेष्ठलाई राजस्व छली सम्बन्धी अनुसन्धानका लागि राजस्व विभागमा बुझाइएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

अनुसन्धानका क्रममा श्रेष्ठले डीएसपीहरू पनि सुन राखेर पैसा लिन आउने गरेको बताए । सुन धरौटीमा राखेर रकम लैजाने प्रहरी अधिकृतहरूको नामचाहिँ श्रेष्ठले खुलाएनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार