शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
राजनीति भिडियो

ज्ञानेन्द्र शाहीको प्रस्ताव- २ महिना विदेशी स्याउमा प्रतिबन्ध लगाऔं, जुम्लाको स्याउ बेचौं

सबै माननीयज्यूहरूले किनिदिनूस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ भदौ, २०८२ मा प्रकाशित
ज्ञानेन्द्र शाहीको प्रस्ताव- २ महिना विदेशी स्याउमा प्रतिबन्ध लगाऔं, जुम्लाको स्याउ बेचौं
काठमाडौं, भदौ १८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले  विदेशी स्याउ आयातमा २ महिना प्रतिबन्ध लगाए जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ आयातमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

विदेशी स्याउमा विषादी मिसाइएको हुने गरेको जनाउँदै उनले भने, ‘स्वास्थ्यमा समस्या देखिने स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्नुपर्छ ।’ सबै सांसद एवं संसद् सचिवालयका कर्मचारीहरूलाई समेत जुम्लाको स्याउ किनिदिन शाहीको आग्रह थियो ।

‘अहिले जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरूले किनिदिनुहोला ।  सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ,’ उनले भने ।

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ । स्याउ बिक्रीका लागि राजधानी ल्याउँदा प्रहरीले जाँचको नाममा हैरानी दिने गरेको भन्दै सांसद शाहीले  गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार