शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

बोल्दाबोल्दैको अवस्थामा सांसद छिरिङ ल्हामुको माइक सभामुखले किन काटे ?

प्रधानमन्त्रीको आलोचना गर्दा लाइन काटियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ भदौ, २०८२ मा प्रकाशित
बोल्दाबोल्दैको अवस्थामा सांसद छिरिङ ल्हामुको माइक सभामुखले किन काटे ?
काठमाडौं, भदौ १८ :

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी माओवादीका एक सांसदको माइकको लाइन सभामुख देवराज घिमिरेले बोल्दाबोल्दैको अवस्थामा काटेका छन् । 
सांसद छिरिङ ल्हामु लामा तामाङले आकस्मिक समयमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न थालेपछि सभामुखलाई आफू के विषयमा बोल्न भनेर विषय टिपाएको हो त्यसमा केन्द्रित हुनु भन्दै आइन काटेका हुन् ।

आकस्मिक समयमा बोल्न सांसदहरुले पहिले नै विषय टिपाएका हुन्छन् । त्यो भन्दा बाहिर गएर कसैले बोल्न थाल्दछ भने सभामुखलाई माइक अफ गर्ने अधिकार रहेको छ ।

प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेपछि सभामुख घिमिरेले पटकपटक विषयमा बोल्न निर्देशन दिएका थिए ।सांसद तामाङले कर्णाली प्रदेशको विकासमा सरकारले आवश्यक बजेट र स्रोत साधन उपलब्ध नगराएको आरोप लगाएकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार