शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार

गोंगबुमा पौने चार करोड रुपैयाँसहित गोरखाका विनोदकुमार श्रेष्ठ पक्राउ

सुन धितोमा लिएर मिटर ब्याजमा पैसा लगानी गरेको खुलासा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ भदौ, २०८२ मा प्रकाशित
गोंगबुमा पौने चार करोड रुपैयाँसहित गोरखाका विनोदकुमार श्रेष्ठ पक्राउ
काठमाडौं, भदौ १७ :

काठमाडौँको गोंगबुबाट पौने चार करोड रुपैयाँ नगद र सुनका गहनासहित गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले उनी मिटर ब्याजमा रकम लगाउने गरेको खुलासा गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ गोंगबुस्थित श्रेष्ठको घरमा मंगलबार दिउँसो प्रहरीले छापा मारेको हो। विशेष सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरीको विशेष टोलीसहित काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज प्रहरी वृत्तको टोली परिचालित भएको थियो।

प्रहरीले श्रेष्ठको घरबाट हालसम्म झण्डै पौने चार करोड रुपैयाँ नगद बरामद गरिसकेको छ। साथै सुनका गहना पनि फेला परेका छन्। 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालका अनुसार श्रेष्ठले विभिन्न व्यक्तिहरूलाई सुन धितोमा लिएर मिटर ब्याजमा पैसा दिने गरेको खुलेको छ।

अहिलेसम्म मोटामोटी उनको घरबाट बरामद रकम पौने चार करोडजति छ। प्रहरीले अहिले पनि पैसा गनिरहेको छ। सुन पनि बरामद भएको छ।  यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार