शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन #सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन
समाचार खेलकुद

अस्तव्यस्त चिदिचौर खेलमैदान, प्रतियोगिता गर्ने कि नगर्ने अन्योलमा

· सोमबार, १६ भदौ, २०८२ मा प्रकाशित
अस्तव्यस्त चिदिचौर खेलमैदान, प्रतियोगिता गर्ने कि नगर्ने अन्योलमा
भदौ १६ :

तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान समयमै सम्पन्न नुहँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा छ ।

दसैँ तिहारमा उक्त क्लबले यही खेलमैदानमा विभिन्न प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ । तर उक्त मैदान पुनःनिर्माणको काम ६ महिनादेखि अधुरै छ ।

“खेलमैदान निर्माण सम्पन्न नहुँदा खेल प्रतियोगिता सञ्चालन गर्न अन्योल भएको छ”,क्लबका अध्यक्ष नारायण आचार्यले भने, “मैदान खनेर छोड्दा समस्या भएको छ ।”

सदरमुकाम तम्घासको केन्द्रमा रहेको खेलमैदानमा उक्त  क्लबले छात्र फुटबल, जिल्ला भलिबल सङ्घले पालिकास्तरीय भलिबल, पुल्चोक क्लबले छात्रा फुटबल, खुकुरी युवा क्लबले क्रिकेटलगायतका प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन् ।

त्यसभन्दा बाहेक विभिन्न मेला, महोत्सव, उत्सव, गाईजात्रा, तीज गीतलगायतका कार्यक्रम पनि यही खेलमैदानमा हुने गर्दछन् ।

वर्षभरीमा विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने चिदिचौर मैदान पुनःनिर्माणका कारण बन्द छ । क्लबका अध्यक्ष आचार्यले खेलमैदान खनेर अलपत्र छोड्दा समस्या भएको बताए ।

“खनेर यत्तिकै छोडिएको छ, यसले सिङ्गो खेल क्षेत्रलाई असर परेको छ । खेल मैदानलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ”, उनले भने । चिदिचौर खेलमैदान निर्माणको काम बहुबर्षीय आयोजनाअन्तर्गत लैजानु गलत भएको उनले बताए ।

जिल्लामा चिदिचौर मैदान खेलाडी उत्पादनमा सहयोगी बनेको थियो । तम्घासमा अष्टमीको दिन रोपाईजात्रासँगै लाचे नाच पनि चिदिचौरमै हुने गर्दछ । तर यस वर्ष यस्ता सांस्कृतिक कार्यक्रम हुने सम्भावना छैन ।

रेसुङ्गा नगरपालिका–२ की सरस्वती कँडेलले भने, “चिदिचौर खनेर छोड्न हुन्नथ्यो । यसलाई चाँडो निर्माण गर्नुपर्छ ।”

निर्माण व्यवसायीले काम नगर्दा चिदिचौर मैदान खनेर अस्तव्यस्त पारिएको छ । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राखिएका छन् । मैदानको बीच भागबाट पानी बगिरहेको छ । मैदानमा खाल्डाखुल्डी पारेर यत्तिकै छोडिएको छ ।

चिदिचौर खेल मैदान पुनःनिर्माणका लागि रु एक करोड लागत रहेको छ । विसं २०८२ वैशाखमा सो कार्यको जिम्मा रामेछाप कन्स्ट्रक्सनले पाएको थियो । विसं २०८३ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । हालसम्म ५० प्रतिशत काम काम सकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार