बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायली आक्रमणमा हामासका प्रवक्ता अबु ओबैदाको मृत्यु

· सोमबार, १६ भदौ, २०८२ मा प्रकाशित
इजरायली आक्रमणमा हामासका प्रवक्ता अबु ओबैदाको मृत्यु
काठमाडौं, भदौ १६ :

हामासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबैदाको गाजा सिटीमा भएको हवाई आक्रमणमा मृत्यु भएको इजरायलले जनाएको छ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै उत्कृष्ट कारबाहीको लागि इजरायल डिफेन्स फोर्स र इजरायली सुरक्षा निकाय शिन बेटलाई बधाई पनि दिएका छन्।

हामासले भने उनको मृत्युको पुष्टि गरेको छैन।

यसअघि फिलिस्तिनी सशस्त्र समूहले उक्त जिल्लामा आवासीय भवनमाथि गरिएका इजरायली हवाई आक्रमणमा दर्जनौं सर्वसाधारणको मृत्यु र घाइते भएको जनाएको थियो।

स्थानीय पत्रकारहरूले गाजा सिटीको बाक्लो जनसङ्ख्या भएको अल-रिमल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र २० जना घाइते भएकोह जनाएको छ ।  जसमा बालबालिका समेत रहेका छन्।

शनिबारको आक्रमण इजरायली योजनाबद्ध स्थल आक्रमणको तयारी स्वरूप गाजा सिटीमा भइरहेको लगातार हवाई आक्रमणको बीचमा भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार