शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार

लुना लुँइटेल भइन् मिस नेपाल

२५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको टाइटल जितिन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
लुना लुँइटेल भइन् मिस नेपाल
काठमाडौं, भदौ १४ :

यस वर्षको मिस नेपालको उपाधि लुना लुँइटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्राण्ड फिनालेमा उनले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको टाइटल जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता, सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन् ।

आयोजक संस्था 'द हिडन ट्रेजर' ले अडिसनमार्फत देशका विभिन्न सहरहरूबाट २६ जना फाइनलिस्ट चयन गरेको थियो।  मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक र निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार