बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार खेलकुद

मातातीर्थ गोल्डकप असोज ७ गतेदेखि, प्रथम हुनेलाई चार लाख नगद पुरस्कार

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
मातातीर्थ गोल्डकप असोज ७ गतेदेखि, प्रथम हुनेलाई चार लाख नगद पुरस्कार
काठमाण्डौँ , असोज १ :

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित  मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । 

मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता- २०८१ हुने भएको हो ।

संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने टोलीले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुने टोलीले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले दुई लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले  एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । 

वि. सं २०७९ देखि प्रतियोगिता शुरु गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार